एसपी रिपोर्टर
जनकपुरधाम, माघ २० : नेपाल भारत मैत्री युवा संघ धनुषाको अध्यक्षमा कांग्रेस नेता बजरंग प्रसाद यादव चयन भएका छन् । शुक्रवार जनकपुरधाममा भारतिय राजदुत नविन श्रीवास्तवको सम्मानमा आयोजित कार्यक्रममा संघका पुर्व अध्यक्ष हाल प्रदेश सांसद कुमरकान्त झाले स्वागत मन्तब्य राखेका थिए भने यादवलाई संघको अध्यक्षको रुपमा सम्बोधन गरिएको छ ।
एसपी खवरको जिज्ञासामा संघका केन्द्रिय महासचिव कृष्णा सिंहले विहिवार भएको बैठकले धनुषा अध्यक्षको जिम्मेवारी यादवलाई दिइएको बताए । पुर्व अध्यक्ष झा सांसद भएपछि संघको प्रभावकारित बढाउन जिम्मेवारी यादवलाई दिइएको बताइएको छ ।
यस अघि जसपा र खास गरि जसपा अध्यक्ष उपेन्द्र यादव निकट मानिएका यादव प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव सहित गत निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस प्रवेश गरेका थिए । कुशल व्यवसायीको समेत परिचय बनाएका यादव सञ्चार उद्यमी समेत हुन । जसपामा रहँदा धनुषामा संगठन विस्तारमा अहम भुमिका खेलेका उनी हाल कांग्रेसमा सक्रियता बढाएका छन् ।





