एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ :
जनकपुरधामको श्री रामानन्द युवा क्लवमा शशि भुषण झा (आशितोष झा)को प्यानलनै विजयी भएको छ । सोमवार अवेर राती सम्म भएको मतगणनामा झाले आफना निकटतम प्रतिद्वन्द्वी भरत सिंहलाई ५० मतान्तरले पराजित गर्दै अध्यक्ष जितेका हुन । उनीहरुले पाएको मत क्रमश १२२ र ७२ रहेको छ ।

उपाध्यक्षमा निर्वाचित वर्तमान महासचिव संतोष मान सिंह म्यान अफ दी ईलेक्सन सावित भएका छन् । उनले १ सय २८ मत प्राप्त गरेका छन जोकि यस निर्वाचनमै कुनै पनि उम्मेदवारले पाएको सवार्धिक मत हो । उनका निकटतम प्रतिद्वन्द्वी राजेश दासले ६१ मत पाए । महासचिवमा सोहि प्यानलका रोशन मिश्र (९६), सचिवमा मिथिलेश झा (१०८), कोषाध्यक्षमा शम्भु पोखरेल (११०) विजयी भएका छन् ।

उनीहरुको प्रतिद्वन्द्वीहरु क्रमश सन्तोष ठाकुर (९१), राम बिसेश्वर साह (८३) र जितेन्द्र साह (८२) मत पाएका छन् । सदस्यहरुमा राज कुमार मिश्र (१२२), सन्तोष मुखिया (११२), उदय शंकर साह(११५), रुपेश सिंह (११०), चिरंजीवी प्रसाद सिंह (१०७) र राजिव झा (८५) विजयी भएका छन् । () भित्रको अंक उम्मेदवारले प्राप्त गरेको मत हो ।