एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : जनकपुरधाममा मिथिला–मण्डला फ्युजन आर्ट शो सम्पन्न भएको छ ।
फुलबारी नेपाल जनकपुरधामको आयोजनामा आइतवार श्री संकट मोचन माविको सभाहलमा भएको शो मा मिथिला र मण्डला फ्युजन सहितको हातले रचिएको कलाकृती पेन्टिङ्गहरु प्रदर्शन गरिएको छ ।
फुलबारी नेपाल जनकपुरधामकी अध्यक्ष अष्ट्रलिया निवासी मण्डला आर्ट कलाकार शिल्पी साह गुप्ताले जनकपुरधाममा मिथिला आर्ट सिकेर बनाइएका मिथिला–मण्डला फ्युजन आर्टका चित्रहरु जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले अवलोकन गर्दै मिथिला आर्टमा थपिएको यो आधुनिक कलाले मिथिला आर्टको बजार बिस्तार हुने बताए ।

फुलबारी नेपालकी अध्यक्ष एवं कलाकार गुप्ताले प्रस्तुत आर्टलाई स्वयम अमेरिका, अष्ट्रेलिया सहित विदेशमा बजारिकरण गर्ने र मिथिलाको पेन्टिङ्गलाई थप आकर्षक बनाउन यो योजना सहित आफुहरु लागेको बताइन । कलाकार शिल्पी साह गुप्ता जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहकी सुपुत्री हुन ।

पुर्वमेयर साहले छोरीले मिथिला कलाको विकास विस्तार र हितका लागि गरेको नयाँ प्रयासको प्रशंसा गरेका छन् । मिथिला पेन्टिङ्गको कसरी सुरुवात भयो भन्ने प्रसंग ध्यानाकर्षण गराउदै उनले आधुनिक युगमा मिथिला–मण्डला फयुजन सहितको आर्टको बजार प्रसस्त हुने बताए । कार्यक्रममा कलाकार शिल्पीका परिवारजन, जनकपुरधामका मिथिला आर्ट सहितका कलाकारहरु, जनकपुरधाम विभिन्न वडाका वडा अध्यक्षहरु, नागरिक समाजका अगुवाहरु विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरु सहितको उपस्थिती थियो ।





