एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
गत स्थानिय तहको निर्वाचनमा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी शिवशंकर साह हिरालाई एमाले प्रदेश कमिटिबाट एकै पटक थप तिन जिम्मेवारी तोकिएको छ ।

हिरालाई प्रदेश कमिटिको सचिवालय सदस्य, मधेश प्रदेशको उद्योग तथा बाणिज्य विभाग प्रमुख र धनुषा क्षेत्र नं. ३ को ‘ख’ (जनकपुरधाम) को ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । गत असोज १० गते नै हिराको जिम्मेवारी तोकिएको चिठ्ठी उनलाई एमाले प्रदेश किमिटिले पठाएको छ ।

गत स्थानिय तहको निर्वाचनमा हिराले करिव १० हजार मत ल्याएर उपविजेताको रुपमा स्थापित भएका छन् । उनले प्राप्त गरेको मतको एमाले र समुदायमा पनि प्रशंसा भइरहेको छ ।