एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० :
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले केहि वर्षमै खेल मैदान बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् । रोल स्पोर्टस फर अल कमिशन मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा ओलम्पिक डे मनाउने विषयमा भएको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले जनकपुरधामका युवाहरु खेल्न यथासिघ्र खेलमैदान निर्माण गरिने बताएका छन् ।
प्रमुख साहले उपमहानगरपालिकामा सामुदायिक तथा निजी विद्यालय विच विभेद नर्गे समेत बताएका छन् ।

सरकारी सेवा सुविधा सामुदायिकका लागि आउने भएपनि निजी विद्यालयलाई समेत हदै सम्म समेटिने उनको तर्क थियो । उनले अगामि परिषदबाट पास गरि उपमहानगरपालिकामा एकजना खेलकुद शिक्षक नियुक्त गरि नगर भित्रको विद्यालयमा खेलकुदको अवस्था बुझने र सुधार गर्ने बताए ।

कमिशन मधेश प्रदेशका अध्यक्ष तथा जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले बिश्व व्यापी ओलम्पिक डे मनाउने क्रममा नेपालमा समेत मनाउने भएकाले जुन ५ देखि २३ तारिख सम्म आ आफनो सामुदायिक तथा निजी विद्यालयहरुमा विभिन्न खेल विद्याका प्रतिस्पर्धा गराइ विजेता तिनजनाको नाम आफुहरुलाई बुझाउन विद्यालयका प्रअ तथा सञ्चालकहरुलाई आग्रह गर्दै आफनो योजना सुनाएका थिए ।

उनले विद्यालयमा विभिन्न खेल विद्यामा उत्कृष्ट हुने तिन/तिनजना खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरको ओलम्पिक प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताएका छन् । कार्यक्रममा प्यावसनका धनुषा अध्यक्ष बिनोद यादव, एनप्यावसनका धनुषा अध्यक्ष अवधेश तिवारी, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, विपी बिचार राष्ट्रिय समाजका अध्यक्ष सुरेश कोइराला, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह सहितका वक्ताहरुले खेलकुल विकासका लागि आ आफनो धारणा राखेका थिए ।

१ सय २५ वर्ष पहिला सन १८८४ पेरिसमा गठन भएको ओलम्पिक कमिटिले सर्वप्रथम सन १८८६ मा ग्रिसमा पहिलो ओलम्पिक गेमको आयोजना गरेकोमा सन १९६२ नेपालमा सर्व प्रथम ओलम्पिक कमिटिको गठन भएको थियो ।