एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २५ :
नेपाली कांग्रेस धनुषाको सभापती छान्न विहिवार दोस्रो चरणमा हुने निर्वाचनमा निधी र कोइराला समुह मिलेको प्रति देउवा समुहले अनभिज्ञता जनाएको छ । निधि र कोइराला समुह मिल्यो नि अव सहमतीमा आउनु हुन्छ ? भन्ने एसपी खवरको प्रश्नमा देउवा समुहका नेता तथा केन्द्रिय सदस्य आनन्द ढुङ्गानाले भने, ‘के को सहमती ? सहमतीमै महेश शंकर गिरीलाई मानेको होइन ? के के तामासा गर्नुभयो देख्नुभएन ? ।’

ढुङ्गानाले लोकतन्त्रमा हार जितले केहि फरक नपर्ने भन्दै भोली चुनाव हुने र चुनाव लडने पनि बताए । सहमतीमा सभापती बनाउँदा पछि या त तानाशाह वा कसैको इशारामा नाच्ने रुपमा अनर्गल कामहरु हुने गरेको उनको भनाई छ । सहमतीको नामा कांग्रेस धनुषामा एकलौटी भएकाले नै अहिले आएर धनुषामा कांग्रेसको यो हालत भएको उनको तर्क छ । उनले चुनावका लागि तयार रहन र देश व्यापी माहोल देखेर मत खसाल्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।

निधी र कोइराला समुहको आजै भएको पत्रकार सम्मेलनमा नेता विमलेन्द्र निधीले आफुले ढुङ्गानाका साथै नेता महेन्द्र यादव र उम्मेदवार संतोष यादवलाई समेत फोन गरेर पजियारलाई समथर्न गरि सहमतीमा आउन आग्रह गरेको बताए । त्यसो गर्दा अगामि निर्वाचनहरुमा रा्रमो हुने निधीले बताएका थिए ।