एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ :
नेकपा एमालेको सर्लाही अध्यक्षमा राजनारायण साह निर्वाचित भएका छन् । एमाले महासचिव शंकर पोखरेल र केन्द्रिय सचीव रघुवीर महासेठको उपस्थितीमा आयोजित पार्टी सर्लाहीको ८ औं जिल्ला अधिवेशनबाट साहको नेतृत्वमा जिल्ला कमिटि चयन भएको हो ।

त्यसैगरि कमिटिको उपाध्यक्षमा बिदुर प्याकुरेल, सचिवमा केदार खत्री, सह सचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मा चयन भएका हुन । केन्द्रिय नेताद्वय पोखरेल र महासेठले एमालेलाई कसैले रोक्न नसक्ने भन्दै दृढइच्छा शक्तिका साथ निर्वाचनहरुको तयारीमा जुटन आग्रह गरेका छन् ।