एसपी रिपोर्टर
जनकपुरधाम, पुष १२ :
लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले धनुषा जिल्ला कार्यसमिति विस्तार गरेको छ । सोमवार लोसपा धनुषा अध्यक्ष परमेश्वर साहद्वारा जारी विज्ञप्तीमा पार्टीको अन्तिरम विधान २०७८ अनुसार जिल्ला कार्यसमिति विस्तार गरिएको उल्लखे छ ।

पार्टीको उपाध्यक्षमा प्रमोद यादव, सचिवमा जिवेन्द्र झा, सहसचिवमा ओपेन्द्र चोरवारलाई चयन गरिएको छ भने २० जना सदस्यहरु सहित २३ जनालाई कार्यसमितिमा विभिन्न जिम्मेवारी दिइएको छ । यससंगै लोसपाको जिल्ला कार्यसमिति २४ सदस्य भएको छ यस अघि पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले धनुषाको अध्यक्षमा प्रदेश सांसद समेत रहेका परमेश्वर साहलाई चयन गरेका थिए ।

लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरूले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् । सोमवार लोसपाको केन्द्रीय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूले अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले पार्टी चलाउन खोजेको भन्दै धर्ना दिएका हुन् ।

ठाकुरले प्रदेश र जिल्लाहरूमा मनोमानी किसिमले पदाधिकारी चयन गरेको उनीहरूको आरोप छ । लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन आग्रह गर्नुभयो । उहाँले एक व्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने माग रहेको पनि बताउनुभयो ।उहाँले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक मानिने भएकोले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा जोड दिनुभयो ।