एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १४ : जनकपुरधाममा आयोजित तीन दिवसीय हस्तकता मेला सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघ, संघीय महिला तथा बालबालिका मन्त्रालय तथा प्रदेश २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा गोपाल धर्मशालामा गत शुक्रबारदेखि चलिरहेको दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी आइतवार सम्पन्न भएको हो ।
मेलाको समापन कार्यक्रममा प्रदेश २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमलीले प्रदेश सरकारले महिलाहरूको उत्थान, आत्मनिर्भरता तथा उनीहरूद्वारा उत्पादित बस्तुको बजारीकरणका लागि प्रयत्नरत रहेको बताउनुभयो ।

सातवटै प्रदेशमध्ये प्रदेश २ मा सबैभन्दा बढी गरिबी र अशिक्षा रहेकाले महिलाहरूलाई विभिन्न सिप र कला प्रदान गरी आत्मनिर्भर बनाउनु आवश्यक रहेको वक्ताहरुले बताए । कार्यक्रममा बिच सहभागीहरु मध्येबाट तिनजना महिला उद्यमीहरुलाई प्रथम, दृतिय र तितृय पुरस्कार क्रमश २५, २० र १५ हजार नगद सहित पुरस्कृत गरिएको छ भने सहभागी सवैलाई प्रमाणपत्र वितरण गरिएको छ ।
नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यसहितले तराई मधेशका महिलाहरूको उद्यमशिलतामा निखार ल्याउन र प्रचार–प्रसार गर्न आवश्यक रहेको बताएका छन् । मेलामा प्रदेश २ का आठवटै जिल्लाका महिला उद्यमीहरुको स्टल राखिएको थियो ।





