एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ७ :
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतीका अर्का उम्मेदवार बिमलेन्द्र निधीसंग मिल्न तयार रहेको यद्यपि जित्नका लागि सम्झौता हुनुपर्नेमा जोड दिएका छन् । महोतरीमा आयोजना हुन एक कार्यक्रममा सहभागिता जनाउन जाने क्रममा जनकपुरधाम बिमानस्थलमा पत्रकारहरु संग कुराकानीका क्रममा कांग्रेस कहिले सम्म एकै समुदायको नेतृत्वमा चल्ने प्रश्न गर्दै परिवर्तण पक्षका लागि आफु प्रवल दाबेदार भएको बुझनु पर्ने बताए ।

मधेशबाट बिमलेन्द्र निधी उम्मेदवार छन एकचोटी मधेशीलाई नेतृत्व दिन किन आनाकानी ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सिंहले मधेशी त प्रधानमन्त्री पनि भएका छैन, प्रधानमन्त्री बन्दा पनि हुन्छ नि भनेर जवाफ दिए ।

उनले आफु गिरिजाप्रसाद कोइराला देखि शेरबहादुर देउवा सम्मको पालामा उपसभापती भएर काम गरेको, देउवासंग संसदिय दलमा चुनाव लडेको सहितका धेरै प्रोटोकलमा आफु अगाडि रहेकाले मेरो हकमा सहमती हुनेमा उनको दावी थियो । यद्यपि उनले निधीसंगको सहमती भने असम्भव नरहेको पनि स्वीकारेका छन् ।

अर्को प्रसंगमा उनले वर्तमान पार्टीका पदाधिकारीहरुले पार्टीलाई अबैध बनाएको र अहिले सम्मकै इतिहाँसमा पार्टी कमजोर र गलत बाटोमा हिनेको पनि बताएका छन् ।