एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३० : धनुषाको शहिदनगर नगरपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ । शिक्षक संगठनका शहिदनगर अध्यक्ष श्रीकृष्ण भिनवारको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी, शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवको समेत उपस्थिती रहेको छ । सो अबसरमा वक्ताहरुले शिक्षक पेशा सम्मानित पेशा रहेको भन्दै शिक्षकको सम्मान पनि आवयश्क रहेको बताए ।
मेयर यादवले आफु शिक्षकहरुलाई सम्मान गर्दै शुरु देखी नै बालबिकाश शिक्षकहरुलाई प्रोत्साहन गर्न थप रकम दिदै आएको र पोशाक भत्ता पनि उपलब्ध गराउदै आएको बताउदै बिस्थापित शिक्षकहरुलाई मनोबल उच्च राख्न आग्रह गरेका छन् । त्यस्ता शिक्षकहरुलाई पुनः बिधालयमा खटाइ नगरपालिकाबाट रकम छुट्याएको तथा अन्य शिक्षकहरुका लागि पनि समयानुकूल बन्न÷बनाउन प्रबिधि मैत्री सिपमुलक तालिमहरुको ब्यबस्थापन समेत गरेको उनको भनाई थियो ।

संगठनका केन्द्रिय अध्यक्ष अधिकारीले शोषित पीडित बालबिकास, कार्यालय सहयोगी, राहत, उच्च मा.बि. दरबन्दी, बिस्थापित शिक्षक सहित अन्य शिक्षकहरुको बारेमा समसामयिक बिषयबस्तुहरुको बारेमा सम्बोधन गर्दै केन्द्रिय स्तरका केहि सूचना र प्रशिक्षण प्रदान गरेका छन् । नगर अध्यक्ष श्रीकृष्ण भिनवारले केन्द्रिय अध्यक्ष, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तथा मेयर बरबरिया प्रती आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा संगठनको प्रदेश २ अध्यक्ष भुपनारायण अधिकारी यादव, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश राय, प्रदेश २ को राहत संयोजक गुलाब चन्द्र यादव, जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, उपाध्यक्ष लोकेन्द्र यादव, जिल्ला सचिब देबनन्दन ठाकुर, सबैला नगरपालिका सचिब मनोज यादव, प्र.अ. श्रीप्रसाद गोहिबार यादव, नगर शिक्षा समिति सदस्य प्रदिप साह लगायत संगठनका नगर पदाधिकारी, बालबिकाश शिक्षक, कार्यालय सहयोगी, राहत, बिस्थापित शिक्षक तथा अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।





