एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ :
नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ । युवा संघले जनकपुरधामको शिवचौकबाट मशाल जुलुस निकाल्दै जनकचौकमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला जलाएको हो ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो । युवा संघका नेताहरु दिनेश सिंह, जानी खान, रोशन मण्डल, उज्जवल अग्रवाल सहितको युवाहरुको अगुवाईमा मशाल जुलुस प्रर्दशन गरिएको छ ।