एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २४ :
प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सानल एक सुटकेश लिएर मन्त्री निवासबाट बाहिरएका छन् । आइतवार साँझ प्रदेश सरकारले ठाकुर पक्षका सोनल सहित थप ३ राज्य मन्त्री समेतलाई हटाएपछि मन्त्री सोनल आज विहानै कर्मचारी सहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट बाहिरएका छन् ।

निवासमा कर्मचारी सहितका विभिन्न शुभेच्छुकहरुलाई संक्षिप्त सम्बोधन गरेका मन्त्री सोनलले भने, ‘पार्टीले प्रदेशको राजनिति गर्न पठाएको छ, प्रदेशको राजनिति गर्छु ।’

मन्त्री सोनल आफनो कार्यकालमा काम गर्न सहयोग गरेका सम्पुर्ण कर्मचारी, सचिवालयका सदस्यहरु, रच्नात्मक सहयोग गर्ने पत्रकार सहितका सवैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘प्रदेश २ लाई समृद्ध बनाउन काम गर्ने क्रममा कुनै पनि दिन आराम गरेको मलाई याद छैन, लोकतन्त्रान्त्रिक बिधी र शासनलाई आत्मसाथ गर्दै क्षेत्र, जिल्ला र प्रदेश तथा देशको जनता प्रति प्रतिवद्व रहने छु ।’