एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १७ : जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जेठ १३ र १४ गते प्रदेश समितिका पदाधिकारीहरू तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकद्वारा सरकारको कदमलाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै विरोध गर्ने निर्णय भएको जसपा मधेस प्रदेश समितिका महासचिव शम्भु झाले बताए ।

उनले संघर्षका कार्यक्रमबारे आठै जिल्ला समन्वय समितिलाई परिपत्र गरेका छन् । संघर्षकका कार्यक्रमअन्तर्गत जेठ १८ मा दिउँसो ३ बजे सबै स्थानीय तहको केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला जलाउने मसाल जुलुस निकाल्ने लगायतका छन् । १९ गते मशाल जुलुस गर्ने पनि बिज्ञप्तीमा उल्लखे छ । संसद विघटनको विरुद्ध विपक्षी गठबन्धन रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षसँग सहकार्य गरी संघर्षका कार्यक्रम गर्न भनिएको छ ।





