एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १० : प्रत्येक पत्रकारले सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुईवटा बोतल, ग्लभ्स २ वटा र फेस शिल्ड २ वटा पाउने गरि ८ सय पत्रकारलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई प्रदेश २ का सञ्चारमन्त्री समेत रहेका आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो सरसमानहरु हस्तान्तरण गरेका हुन । मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादव मार्फत सो सामाग्री नेपाल हस्तान्तरण गराएका हुन ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँका पत्रकारहरुलाई सोमवार सुरक्षा समाग्रीहरु उपलब्ध गराएको छ । मन्त्री यादवले महासंघ प्रदेश २ समितिलाई र आठवटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान समेत हस्तान्तरण गरेका छन् ।
त्यस्तै प्रत्येक पत्रकारलाई बाँडने गरि कोभिड १९ को संक्रमण हुनबाट जोगाउने उद्देश्यका साथ मिडिया काउन्सिल मार्फत आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लाका पत्रकारहरुलाई सो सामाग्री उपलब्ध गराइएको छ । सुरक्षा समाग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्व समेत प्रदेश सरकारको रहेको छ । यो समाग्री पर्याप्त छैन, तर आउने दिनमा पनि सहयोग रहनेछ ।’
कोरोना रोगबाट दुईजना पत्रकारको मृत्यु भएको परिवारजनलाई मन्त्री परिषद्को बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वासन समेत दिएका छन् । यता मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समाग्रीहरु ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन् । स्मरणीय के छ भने केही दिन अघि नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा समाग्रीको माँग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।





