एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ६ :
 राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि जेष्ठ सात गते साँझ ५ बजे सम्मको समय सिमा ताक्नु भएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले मन्त्री परिषदको निर्णय बमोजिम विश्वासको मत लिन नचाहेर नयाँ सरकारको लागि मार्ग प्रसस्त गर्ने जानकारी गराएको हुदाँ जेष्ठ ७ गते पाँच बजे सम्म नयाँ सरकारका लागि दावी प्रस्तुत गर्न दलहरुलाई आहवान गरेकी छन् ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति