एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष जनकपुरधाम निवासी कैलाश सिरोहिया पक्राउ प्रकरणमा जनकपुरधाम उद्योग बाणिज्य संघ प्रभावकारी भुमिका निर्वाह गर्न चुकिरहेको आरोप पुर्व अध्यक्ष बजरंग प्रसाद साहले बताएका छन् । संघका संस्थापक महामन्त्रीका सुपुत्र समेत रहेका सिरोहियाको नियोजित धरपकड बिरुद्व संघको बर्तमान नेतृत्वको मुख र व्यवहार फरक देखिएको उनको गुनासो छ ।
संघका संरक्षक सदस्य तथा सल्लाहकार समेत रहेका जनकपुरधामका पुर्वमेयर साहले भने, ‘एक समय थियो व्यवसायीका विरुद्व हुने कुनै पनि सरकारी षडयन्त्र हामि आफनो हिसावले निष्तेज पारिदिन्थ्यौं ।’ उनले जउबासंघले आफनो शक्तिको पहिचान गर्न सक्नु पर्ने र व्यवहारिक रुपमै देखाउन सक्नुपर्ने बताए । सिरोहिया प्रकरणमा एकवद्वता भनिएको छ तर खोई त ? विज्ञप्ती र आन्दोलनको कार्यक्रम ? उनको प्रश्न छ ।
लाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै नगरवासीको हिसावले जनकपुरधामवासी गिरफतारी विरुद्व आन्दोलनमा जानुपर्ने जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले बताएका छन् । एसपी खवरसंग उनले भने, ‘समाचार लेखेको भरमा देशको आमुल परिवर्तणहरुमा नेतृत्वदायी भुमिका निर्वाहको सञ्चारमाध्यमका मालिक माथीको नियोजित धरपकड ठिक होइन, विद्रोह गर्नुपर्दछ ।’
उनले जनकपुर अञ्चल औषधी व्यवसायी संघ पनि सो विरुद्व अगाडि आउनुपर्ने बताए । जनकपुर अञ्चल औषधी व्यवसायी संघसंग यस्तो ब्रह्मास्त्र छ उस्ले चाहेको खण्डमा जस्तो सुकै आन्दोलन सफल हुन्छ, उनले थपे । म जनकपुर अञ्चल औषधी व्यवसायी संघको पनि नेतृत्व गरिसकेको छु, उनले भने, ‘मलाई थाहा छ कति शक्ति र पावर हुन्छ भन्ने कुरा ।’