FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० :
विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।

दिवसको अवसरमा मधेश सरकारको उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयले जनकपुरधाममा बृक्षारोपण गर्नुका साथै प्रभात फेरी कार्यक्रम गरेको छ । बुधवार विहान जनकपुरधामको रेल्वे स्टेशनमा वृक्षारोपण गरि स्टेशनबाट जानकी मन्दिर सम्म प्रभात फेरी गरिएर दिवस मनाइएको छ ।

प्रभातफेरीलाई सम्बोधन गर्दै मन्त्री सुनिता यादवले नेपालको विकास र उन्नतीको एक मुल आधार पर्यटननै रहेकाले यस्को सम्भाव्यता र विकास आवश्यक रहेको बताइन । मधेश प्रदेशमा रहेका पर्यटनका केन्द्रहरुको थप स्तरन्नोती गर्न सकिए मधेशलाई पर्यटनको हव बनाउन सकिने उनको भनाई थियो । मन्त्रालयका राज्य मन्त्री रहवर अन्सारीले मधेशका धार्मिक पर्यटनका केन्द्रहरुको उचित सौन्दर्यकरण र विकास भए मात्र पर्यटक मधेशमा टिक्न सक्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह सहित वातावरण अभियानी, वृक्षारोपण अभियानी, पर्यटन व्यवसायी, व्यापारी, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सोहि अवसरमा काठमाण्डौंमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् ।

कोरोना भाइरस संक्रमणको महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र अहिले करिब पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुने विश्वास छ । विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।

पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार ३०० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र थियो । सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाहृय पर्यटक नेपाल घुम्न आएका थिए । नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।

Tags: जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

11 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy