एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : जनकपुरधाम स्थित स्वास्थ्य प्रयोगशाला मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि.ले मोनाष्टिक स्कुलसँग सहकार्य गर्दै विद्यालय समुदायलाई विशेष स्वास्थ्य सुविधा उपलब्ध गराउने भएको छ । यस सहकार्य अन्तर्गत मोनाष्टिक स्कूलका विद्यार्थी, अभिभावक तथा कर्मचारीहरूले मंगलमको अत्याधुनिक प्रयोगशालामा हुने विभिन्न प्याथोलोजी परीक्षणमा विशेष छुट प्राप्त गर्नेछन् । दुवै संस्था बिच सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।
मंगलम डायग्नोष्टिक सेन्टरका प्रबन्ध निर्देशक अर्थ ठाकुरले भने, “यो सहकार्यले शैक्षिक संस्थासँग सम्बन्धित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती बनाउन हाम्रो प्रतिबद्धता प्रकट गर्दछ । हामी विश्वास गर्छौं कि स्वस्थ्य विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारी नै बलियो शैक्षिक समुदायको आधार हुन्।”
त्यस्तै, मोनास्टिक स्कूलका प्रबन्ध निर्देशक डा. सोनु कुमारले भने, “मंगलम डायग्नोष्टिक सेन्टरसँगको यो सहकार्य विद्यालय परिवारका लागि अत्यन्तै लाभदायक हुने विश्वास लिएका छौँ । यसले हाम्रो विद्यार्थी, अभिभावक र शिक्षक–कर्मचारीलाई समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ, उनीहरूको स्वास्थ्य र शैक्षिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।”
यो सहकार्यले निवारक स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने, समयमै रोगको पहिचान गर्न सहयोग पु¥याउने र अन्ततः मोनास्टिक विद्यालय परिवारको समग्र स्वास्थ्य कल्याणमा योगदान पु¥याउने बिश्वास दुवै संस्थाले लिएको छ ।



