एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ :
जनकपुरधाम वडा नं. ४ स्थित संस्कृती विद्या मन्दिरले विद्यार्थीहरूमा नेतृत्व विकास, जवाफदेहिता र दायित्व बोधका लागि विभिन्न गतिविधिलाई तिव्रता दिएको छ ।

स्थापनको पहिलो वर्षमै एन प्याब्सनको जिल्ला स्तरीय हाजिरीजबाफ प्रतियोगितामा चौथो स्थान ल्याएका विद्यालयले एक विशेष समारोहको आयोजना गरि प्ले ग्रुप देखि कक्षा आठ सम्मका विद्यार्थीहरु मध्ये उत्कृष्ट र नेतृत्वका लागि छनौट भएकाहरुको पदस्थापन, जिम्मेवारी हस्तान्तरण तथा पुरस्कार वितरण गरेको छ ।

डा. अनिल अग्रवालले सञ्चालन गरेको स्कुलमा एक विशेष समारोहका बिच धनुषा जिल्लाको शिक्षा तथा समन्वय इकाईका प्रमुख चेत बहादुर पोखरेल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, प्रवन्ध निर्देशक अर्चना अग्रवाल, विद्यालयका वरिष्ठ शिक्षकहरु सहितको उपस्थितीमा विभिन्न विद्याका उत्कृष्ट छात्रा छात्राहरुलाई जिम्मेवारी हस्तान्तरण र पुरस्कार वितरण गरेको छ ।

जनकपुरधाम एतिहासिक धार्मिक र सांस्कृतिक स्थल रहेकाले आफुले सोहि झल्को दिने पहिचान सहित विद्यालयको नाम संस्कृती विद्या मन्दिर राखेको बताउदै डा. अग्रवालले भारतको लखनउमा शैक्षिक गतिविधिका लागि विद्यालय छनौट भएर सहभागिताका लागि जान लागेको बताए ।

विद्यार्थीबाटै विद्यालयको नेतृत्व, क्याप्टेन, कक्षाका उत्कृष्ट छात्रछात्रा सहित हाजिरीजबाफ, अंग्रेजी तथा नेपाली शुद्ध, सफा र आकर्षक अक्षर लेखन सहित विभिन्न विद्यामा उत्कृष्ट छात्रछात्राहरूलाई पुरस्कार वितरण गर्दै उनका अभिभावकहरु संग तस्वीर खिच्न लगाएर स्कुलले समारोह सम्पन्न गरेको छ ।