एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ :
मधेशको भन्दै कांग्रेसका पुर्व उपसभापति तथा मधेश प्रदेशका अभिभावक नेता विमलेन्द्र निधिलाई लक्षित गरि काठमाण्डौंमा कांग्रेसका केहि युवाहरुले गरेको होहल्ला र दुवर््यवहारको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ । जनकपुरधाममा मंगलवार साँझ एक साथ भानुचौक, पिडारीचौक, जिरोमाईल र महाविर चौक सहितकमा निधिको पक्षमा युवाहरुले प्रदर्शन गरेका हुन ।

मधेश हेप्न पाइदैन, कांग्रेस कमजोर गर्न पाईदैन, गगन/विश्व मुर्दावाद सहितका नारावाजी गर्दैै स्थानियले विरोध जनाएका हुन । साथै कांग्रेस महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माको पुत्ला समेत दहन गरिएको छ । प्रर्दशनमा तरुण दल, नेविसंघ सहितक स्थानिय युवाहरु र स्थानिय समेतको सहभागिता थियो ।

मधेशी देख्ने वितिकै हेप्ने प्रवृति अझै कायमै देखियो, प्रर्दशनमा सहभागि युवा नेता रमेश कुमार यादवले भने, ‘पार्टीलाई कमजोर गर्ने षडयन्त्र त छदै छ, पार्टी भित्र पनि मधेशी चेहरा देखेर हुने व्यवहार अन्त्य भएन भने अव सह्य हुदैन ।’ युवा नेता सञ्जिव साह टिकाले मंगलवार पार्टी केन्द्रिय कार्यालय बाहिर नेता निधि उपर भएको व्यवहार संस्कारहिन र अशभ्य रहेको बताउदै मधेश÷कांग्रेसको अभिभावक नेता निधिको योगदान बुझन नसक्नु अज्ञानता रहेको बताए ।

मधेशले बल, मत र हरेक तवरले सधै कांग्रेसलाई सम्मान गरेको भन्दै कांग्रेस भित्र पनि यस्तो प्रवृति देखिनु दुखदायी रहेको युवा नेता राकेश विक्रम साहको भनाई छ । मधेशमा कांग्रेसको अस्तित्व रक्षाका लागि नेता निधि हमेशा चिन्तनशिल नेता रहेको भन्दै उनीहरु यस्ता नेता प्रतिको अपमान सह्य नरहेको चेतावनी दिएका छन् ।

युवाहरुले नेता निधिको साहस र निडरताको पनि प्रशंसा गरेका छन् । नेता निधिले देखाएको निडरता र साहसले मधेशका युवाहरुमा उत्साह बढेको उनीहरुको कथन छ ।