एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : नेपाली कांग्रेसका नेता विमलेद्र निधिले नेपाली कांग्रेस आज मात्र होइन विगतका पनि कुनै पनि प्रतिकुल परिस्थितीमा बिचलित नभएको बताउदै एक दिन पुनः सबैले कांग्रेसलाई बुझने बताएका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाँउपालिकामा वृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै पार्टीका पुर्व उपसभापति समेत रहेका नेता निधिले भने, ‘अहिले मात्र होइन कांग्रेस कहिल्यै पनि प्रतिकुलतामा पनि बिचलित भएन, सधै देश र समस्याको समाधानका लागि नेतृत्व गरेको पार्टी हो ।’
देश र परिस्थितीमा समय समयका पृथक हावाहुरी चल्नु स्वभाविक रहेको उल्लेख गर्दै उनले कांग्रेस मात्र त्यसको सामना गर्ने गम्भिर पार्टी रहेको बताए । उनले आफनो गरिमा घटने गरि कांग्रेस कसैसंग पनि झुक्न र सम्झौता गर्ने पार्टी नभएको पनि बताए ।सो अवसरमा पार्टीका नेताहरु महेन्द्र यादव आनन्द प्रसाद ढुङ्गाना, राककृष्ण यादव, मधेश सभापति तथा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पनि कांग्रेस हावाहुरी भन्दा आफनो विरासत, सिद्वान्त र गम्भिरता भएको पार्टी रहेको बताए ।
एमालेबाट प्रदेशमा चुनाव लडेका सन्तोष पुनः कांग्रेसमा
सो अवसरमा यस अघि नेपाली कांग्रेसको धनुषा सभापतिमा उम्मेदवार बनेर पराजित भएका सन्तोष यादव एमालेबाट पुनः कांग्रेसमा फर्किएका छन् । कांग्रेस सभापतिमा पराजित भएपछि २०७९ को चुनावमा एमालेबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका सन्तोष कांग्रेसका उम्मेदवार शेष नारायण यादवसंग पराजित भएका थिए ।

उनलाई प्रवेश गराउन कांग्रेस धनुषाका सबै समुहका अगुवा नेताहरु एकै मञ्चमा धेरै दिन पछि देखिएपछि कांग्रेसीजन उत्साहित देखिएका छन् । सो अवसरमा प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री शेष नारायण यादव, कुमरकान्त झा नेताहरु बजरंग यादव, जगतसुन्दर साह, ललन चौधरी सहितको उपस्थिती थियो । ,





