एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३१ :
मधेश प्रदेशका मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले प्रदेश सुरक्षा निकायका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू साथै प्रदेश सरकारका प्रमुख सचिव तथा मन्त्रालयका सचिवहरूसँग सुरक्षा स्थिति तथा सेवा प्रवाहबारे महत्वपूर्ण छलफल गर्नुभएको छ।
बैठकमा मुख्यमन्त्री सोनलले प्रदेशमा शान्ति–सुरक्षा कायम गर्दै आम नागरिकले सुरक्षाको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न निर्देशन दिनुभयो। साथै, जनतासँग प्रत्यक्ष सम्बन्धित सेवाहरू छिटो, छरितो र पारदर्शी ढंगले प्रवाह गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको थियो।
उक्त बैठकमा माननीय मन्त्री महेश प्रसाद यादव र माननीय मन्त्री कनिश पटेलको पनि उपस्थिति रहेको थियो।



