एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० :
हामि भक्तहरू भोला बाबाको खुब तपस्या र साधना ग¥यौं, फलस्वरुप भोला बाबा खुसी भएर कसैलाई वरिष्ठ उपाध्यक्ष, कसैलाई कोषाध्यक्ष कसैलाई प्रवक्ता झन मलाई त मुख्यमन्त्री पनि बनाउनु भएकै हो अनि किन कोहि भोला बाबा संग रहेन त ? मुख्यमन्त्रीबाट औपचारिक बिदा लिनु पुर्व आयोजित पत्रकार सम्मेलनमा डा. सिके राउत प्रति लक्षित यो शब्द निर्वतमान भएका मुख्यमन्त्री सतिश कुमार सिंहको हो ।

सिंहले यस्तो अवस्था र सभापति माथी सांघातिक आक्रमण भएका बेला पनि कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा लाइभमै केन्द्रिय सदस्यले निर्वाध रुपमा बोलिरहेको दृश्य देखेर आश्चर्य लागेको बताए । लोकतन्त्र ति कांग्रेसमा पो छ त जहाँ बोल्न, तर्क र विरोध गर्न मज्जाको छुट छ, भन्दै उनले भने, ‘जनमत पार्टीमा त त्यसरी बोल्ने कुरा त छोडनोस चुपचाप बाहिर निस्कनेलाई पनि छोड्दो रहेनछ ।

पार्टीको निर्णय, कारवाही, सम्मान सबै कुरा फेसबुक र एउटा प्रोफाइलमै गर्ने पार्टी जनमत रहेको उनको व्यङ्ग थियो । जनमत बारे बुझन एउटा प्रोफाइल हेरे पुग्ने उनको तर्क छ । कार्यकर्ताले भगवान जस्तो पुज्ने नेतृत्व पनि यस्तो होला भन्ने कल्पना आफुहरुले नगरेको भन्दै सिंहले डा. सिके राउत संग चुनावमा आमने सामने हुन चाहेको संकेत गरे ।