एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० : मधेश प्रदेशका चौथो मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरे संगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार सोनलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण संगै उनले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताए ।
उनले वाँकी निर्णयहरु मन्त्री परिषदबाट हुने र जानकारी गराइने बताउदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताए । मुख्यमन्त्री सोनल आफना नवनियुक्त मन्त्रीहरु सहित जनकपुरधामको मुजेलिया स्थित शहिद गेट पुगेर शहिद हरु प्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस सरकारमा कुनै पनि किशिमको अन्यौलता, हेलचक्राई र लापरवाहि नहुने समेत उनले बताए । जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने बताए ।



