एसपी रिपोर्टर
जनकपुरधाम, असोज २९ :
मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन् ।

नयाँ नेतृत्वका लागि बुधवार बेलुकी चार बजे सम्म प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले समयसिमा तोक्नु भएकोमा बुधवार बिहान कांग्रस एमाले बाहेकको ६ दलको ५७ सांसद सहित मुख्यमन्त्रीमा दावी पेश गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

उनी मधेशको पहिलो एतिहासिक लालबाबु राउत नेतृत्वको सरकारमा तत्कालिन राजपा पार्टीको नेतृत्व गर्दै मन्त्री परिषदमा दोस्रो बरियतामा रहि भौतीक पुर्वाधार तथा यातायात मन्त्रीको रुपमा काम गरेका थिए । उनी बाराबाट लगातार दोस्रो पटक निर्वाचित प्रत्यक्ष प्रदेशसभा सदस्य हुन । लोसपाका संसदिय दलको नेता भएर समेत काम गरिसकेका सोनल संघिय सांसद सदस्य रहिसकेका छन् ।

सोनल पार्टीको केन्द्रिय वरिष्ठ उपाध्यक्षका साथै मधेश प्रदेश अध्यक्ष समेत हुनुहुन्छ ।