एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ : लोसपा नेपालका अध्यक्ष महन्त ठाकुरले मधेशको मुख्यमन्त्रीमा लोसपाको स्वभाविक दावी रहेको बताएका छन् । जनकपुरधाम स्थित मधेश प्रदेशको पार्टी कार्यालयमा कार्यक्रताहरुलाई सम्बोधन गर्दै ठाकुरले भने, ‘उपेन्द्र जीको बाराको चुनाव अगाडि नै लोसपालाई मधेशको नेतृत्व दिने तत्कालिन सत्ताघटकको सर्वपक्षिय सहमति नै भएको हो, तर पछि उपेन्द्र जीले बोली फेर्नु भो ।’
उनले आफुहरु हेर र प्रतिक्षा गरको मनस्थितीमा रहेको बताए । ठुलादलहरुले के गर्छ हेरौं भन्नै उनले बाराको निर्वाचनमा जितेन्द्र सोनलको अगुवाईमा लोसपालाई प्रयोग गरेर उपेन्द्र यादवले पछि देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोल्दा देउवा र प्रचण्ड रिसाएको पनि सुनाए ।
उनले वर्तमान सुशिला कार्की नेतृत्वको सरकारलाई नागा बाबाको शंज्ञा दिएका छन् । खरानी घँसेका नागा बाबा सडकमा हिन्दा भक्तहरुले ताली र नमस्कार गर्ने गरेको जस्तै अहिलेको सरकार खरानी माथि बसेको नागा बाबा सरह रहेको उनको व्यङ्ग थियो ।



