एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ : गत शुक्रवार राती देखिको अविरल वर्षा आइतवार बेलुकी विश्राम लिएको छ । निरन्तर ४८ घण्टा भन्दा बढिको अविरल वर्षाले देशको विभिन्न जिल्लामा तवाही मचाइएको छ । देश भरमा करिव चार दर्जनले ज्यान गुमाएकोमा तिन दर्जन भन्दा बढि ईलाम जिल्लाकै मात्र छन् ।
आइतवार बेलुकी चार बजे पछि भन्ने वर्षा विश्राम लिएको छ । अन्तिम समयमा झिसमिसे वर्षामा परिणत भएको मौसम सफा हुदै सूर्यको किरण पनि झुल्किए पछि जनजीवन सक्रिय हुन थालेको छ । अविरल वर्षा पछि आइतवार बेलुका देखिएको सफा मौसम र त्यसपछि झुल्किएको किरण सहित प्रस्तुत छ, धनुषाको रघुनाथपुर बाट खिचिएका केहि तस्वीर :




तस्वीर : पुरन रौनियार



