एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ :
नेपाली चलचित्र ‘अभिमन्यु’को टीम रिलिज अघि फिल्म प्रमोशनकालागि जनकपुरधाम आई पुगेको छ । फिल्म युनिटले जनकपुरधामस्थित एक पत्रकार सम्मेलनको आयोजना गरी फिल्मका बारेमा जानकारी गराएको हो । नेपाली भाषाका साथै हिन्दी भाषामा समेत फिल्म रिलिज गर्ने तयारी गरिएको हो ।
चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण युनिटले
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा देखाइएको छ ।
चलचित्र ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।