एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ :
रिचा मोटर्स प्रालिले महिन्द्राको नयाँ मोडल युवो टेक प्लस ५८५ डीआई ट्र्याक्टर जनकपुरधाममा सार्वजनिक गरेको छ।
कार्यक्रममा कम्पनीका सीईओ प्रविण अग्रवालले ट्र्याक्टरमा रहेको ४–सिलिन्डर इएलएस इञ्जिनले १९७ एनएम टर्क उत्पादन गर्ने बताउँदै, थ्रेसर, बेलरलगायत आधुनिक कृषि उपकरण सजिलै सञ्चालन गर्न सकिने जानकारी दिए। उनका अनुसार यस ट्र्याक्टरमा १७०० किलोसम्म लिफ्ट क्षमता र ३० लिटर प्रति मिनेटको हाइड्रोलिक फ्लो सुविधा उपलब्ध छ।

शक्ति, कार्यदक्षता र आधुनिक प्रविधिको संयोजनका साथ किसानलाई लक्षित गरी बजारमा ल्याइएको यो ट्र्याक्टर कृषि क्षेत्रलाई उपयोगी हुने कम्पनीको दाबी छ।
सार्वजनिकीकरण कार्यक्रममा रिचा मोटर्सका अध्यक्ष राजेश अग्रवाल, प्रबन्ध निर्देशक अजीत अग्रवाल, महिन्द्रा अग्नी ग्रुपका प्रदेश अध्यक्ष प्रभासमान शाक्य, प्रदेश प्रबन्धक विनय खत्रीलगायतको उपस्थिति थियो।



