एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० :
मधेश प्रदेशमा औद्योगिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा चार दिनसम्म अन्तर्राष्ट्रिय औद्योगिक मेला हुने भएको छ। आगामी कार्तिक २७ देखि ३० गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा हुने मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ।
मधेश प्रदेश उद्योग परिसंघ, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा हुने “अन्तर्राष्ट्रिय औद्योगिक मेला २०२५” मा करिब १४० वटा स्टल रहनेछन्। मेलामा भारत र बङ्गलादेशसहितका मुलुकबाट अटोमोबाइल, कृषि तथा विभिन्न औद्योगिक उत्पादनहरूको प्रदर्शनी हुनेछ।
मधेश उद्योग परिसंघका अध्यक्ष प्रमोद साह का अनुसार मेलाले उद्योग, कृषि र अटोमोबाइल क्षेत्रलाई एउटै मञ्चमा ल्याई नेटवर्किङ, सहकार्य र नवीनतम प्रविधिको प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।