एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३१ :
संघीय लोकतान्त्रिक मोर्चाले लोसपाका नेता माननीय जितेन्द्र सोनल (सोनार) को नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
मोर्चाका संयोजक डा. शिवजी यादवले जारी गरेको वक्तव्यमा मुख्यमन्त्री सोनलको नेतृत्वमा बनेको सरकारले संघीयतालाई बलियो बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति गराउने तथा प्रदेशका नागरिक र जेन-जी आन्दोलनको भावना, आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी कार्य–परिणाम दिने विश्वास व्यक्त गरिएको छ।
वक्तव्यमा संघीय लोकतान्त्रिक मोर्चाका घटक दलहरू आगामी दिनहरूमा पनि आपसी एकता, समन्वय र साझा प्रतिबद्धताका साथ अघि बढिरहने अटल विश्वास प्रकट गरिएको छ।



