एसपी रिपोर्टर
काठमाणडौँ, साउन ३१ : अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले दोस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्न लागेको हो।पहिलो जितको खोजीमा रहेको नेपालको यो खेल शुक्रबार दिउँसो २ः१५ बजे सुरु हुनेछ।तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।



