एसपी रिपोर्टर
रौतहट, साउन १०
: रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर भारतीय युवकको मृत्यु भएकाे छ । जल लिने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवकको शनिबार शव फेला परेको हो।

मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा  १ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेका छन् । शुक्रबार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।शनिबार साहका परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई बेपता भएको जानकारी गराएपछि खोजी कार्य सुरु गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहान सवा १० बजे घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको थियो ।जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार पवनको परिवारले शवको पहिचान गरेको छ। परीक्षण तथा आवश्यक कानुनी प्रक्रियापश्चात् शव परिवारलाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।