एसपी रिपोर्टर
बुटवल, बैशाख १९ : राजिनामा गरेकै दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनःशंकर पोखरेल नियुक्त भइ रहँदा एमालेका एक सांसदले प्रदेश सांसदवाट राजिनामा समेत गरेका छन् ।
आइबतार प्रदेशसभामा अविश्वासको प्रश्ताप पेश हुने कार्यसुची रहेको थियो । तर मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजिनामा दिएका थिए । अविश्वासको प्रश्तावबाट बच्न राजिनामा दिएका मुख्यमन्त्री पोखरेल आजै बहुमत प्राप्त दलको मुख्यमन्त्री बनेका हुन ।
पोखरेललाई एमाले संसदिय दलले पुन मुख्यमन्त्रीमा प्रश्ताव गरेको थियो । एता पोखरेल मुख्यमन्त्री बनेको केही बेरमै एमाले प्रदेशसभा सदस्य नारायण पाण्डेले राजिनामा दिएका छन भने दुई सांसद एमाले संग नरहने बताएको छ । । पाण्डे कपिलबस्तु २ ‘क’ बाट निर्वाचित सांसद हुन । उनको राजिनामा संगै सरकार बनाउन आवयश्क ४१ सिट मध्ये एमालेको अव मात्र ४० सिट रहने छ । राजीनामा दिएका पाण्डेयले भने आफूले मात्रै एमाले र सांसद पद त्यागेको बताए । उनले दुई सांसद नवलपरासी पश्चिमका अजय शाही र कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुर लाल श्रीवास्तवले माओवादी दलका नेता कुलप्रसाद केसीलाई सघाउने जानकारी दिए ।