एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ : प्रदेश २ प्रमुख डा. राजेश अहिराज समाजिक कार्यमा सक्रिय भएका छन् । प्रदेश प्रमुख जस्तो प्रदेश २ को पहिलो मार्यादाक्रमको पदमा आसिन भएर पनि प्रदेश २ प्रमुख मास्क लिएर बजार देखि नाका सम्म पुग्न थालेका छन् । शनिवार जनकपुरधाम बजार क्षेत्रमा मास्क लगाउन आग्रह र मास्क नभएकालाई मास्क प्रदान गरि लगाउन भनेका प्रदेश २ प्रमुख आज सिमावर्ती नाका सम्म पुगेका छन् ।
आइतवार प्रदेश प्रमुख मास्क सहित जटही नाका क्षेत्रमा पुगे । सिमा आर पार गर्ने देखि लिएर नाका क्षेत्रमा सडकमा हिडडुल गर्ने सवारी साधन देखि पैदलयात्री सम्मलाई रोकेर मास्क प्रयोग प्रति जनचेतना जगाउने काम उनले गरेका छन् । पत्रकारिता पृष्ठभुमिका डा. अहिराज मास्क भएका तर मुख र नाक छोपने गरि नलगाएकाहरुलाई त झन सदुपयोगका लागि अग्रह गरे ।
मास्कको प्रयोेग र त्यसले आफु र समाजका लागि हुने फाइदाका बारेमा समान्य व्यक्ति देखि सवारी चालक सवैलाई स्पष्ट रुपमा बुझाउने अभियानमा लागि परेका उनी सिमावर्ती नाका सम्म पुगेर यस्तो जनचेतना जगाउनुलाई सकारात्मक रुपमा हेरिएको छ । प्रदेश प्रमुख नाकामा भइरहेको सुरक्षा सचेतना र हेल्थ डेस्क सहितको विभिन्न गतिविधीहरुको समेत अवलोकन र निरिक्षण गरेको उनको निजि सचिवालयले जनाएको छ ।
प्रस्तुत छ आज जटही नाकामा प्रदेश प्रमुखका केहि तस्वीरहरु