एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख १८ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले देउवा र प्रचण्डको लोभमा फँस्न नहुने बताउदै वर्तमान सरकारले माग पुरा गर्न थालेकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । एक टेलिभिजन च्यानललाई अन्तरवार्ता दिदै अध्यक्ष ठाकुरले भने, ‘देउवा र प्रचण्डलाई पटक पटक भनिएको हो उनिहरुले ठगेकै हुन ओलीले केहि त ग¥यो ? ।’
हेर्नोस भिडियो
लुम्बिनी प्रदेशका चार जना सांसदलाई उपेन्द्र यादवलाई कारबाही गरेको विषयमा उनले आपत्ति जनाएका छन् । उनले यो गलत भएको भन्दै यसमा कडा आपत्ति जनाए । यो प्रकरणमा आफूहरु कानूनी उपचारमा जाने उनले विश्वास दिलाए । आक्रोसित हुदै ठाकुरले भने, ‘ओली सरकारले मधेशको मांग पुरा गर्न चाहन्छ भने यो सरकार बचाउनु पर्छ, म बचाउछु म संग बहुमत छ ।’