एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १५ : अब प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको साथ पाउने भएका छन् । उनले कुल १५ वटा मधेश आन्दोलनका दश दर्जन व्यक्तिहरु विरुद्वको सरकारीबादी मुद्दा फिर्ता लिएपछि जसपा अव ओली सरकारको पक्षमा उभिने भएका छन् ।
हुन त मुद्दा फिर्ताको मांग महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरको मात्र भएपनि सरकारले जसपाको मांग सम्बोधन प्रक्रियालाई अगाडि बढाए संगै उपेन्द्र यादव समेत ओली सरकार विरुद्वमा अगाडि बढन नसक्ने बताइन्छ । पहिलो चरणमा १ सय २० जनाको मुद्दा फिर्ता गरि सरकार जसपालाई अविश्वास प्रस्तावमा जान नमिल्ने गरि होल्ड गर्न सफल हुने विश्लेषण गर्न थालिएको छ । प्रधानमन्त्री ओलीले कतिपय माग सम्बोधन गरेर जसपालाई साथमा लिन सफल भएका हुन् ।
१ सय २० जना जसपा नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि ओलीले आजै छलफल गरेका छन् । दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको बुझिएको छ । जसपासँग सरकारले बुँदागत रुपमा सम्झौता गर्ने तयारी समेत गरेको छ ।
जसमा नेता तथा कार्यकर्तामाथि लागेको बाँकी मुद्दा फिर्ता लिने, संविधान संशोधनका लागि अध्ययन कमिटी बनाउने, नागरिकता लगायत समस्या समाधान प्राथमिकतामा छन् । सम्झौता भएमा जसपा ओली सरकारमा सहभागी हुने बुझिएको छ ।
जसपा सरकारमा जाने तयारीसँगै प्रधानमन्त्री ओलीविरुद्ध बन्न लागेको समिकरण बन्न कठिन भएको छ । यसअघि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच समिकरण बनाएर ओलीलाई हटाउने तयारी भएको थियो । जसपाले साथ नदिँदा काँग्रेस अगाडि बढ्न सकेन ।
जसपा ओली सरकारलाई साथ दिन पुगेपछि सत्ता संकट पनि टर्ने सम्भावना बलियो भएको छ । अब प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले दिइआएको समर्थन फिर्ता लिने निश्चितप्रायः छ । केही दिनभित्रै प्रचण्डले यसबारे निर्णय लिने बुझिएको छ ।
माओवादीले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके नयाँ सरकार गठनको ढोका खुल्नेछ । त्यो पनि सम्भव नभए देश मध्यावधि चुनावमा जानसक्छ ।
हर्नोस आज मुद्दा फिर्ता भएकाहरुको विवरण


