एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १४ : धनुषाको जनकपुरधाम स्थित क्लाथ बैंक नेपालले कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरमा पनि आफनो अभियानलाई निरन्तरता दिएको छ । क्लोथ बैंकको जनकपुरधाममा उपलब्ध पदाधिकारी, सहयोगी तथा अभियानीहरुको बैठकले होम आइशोलेसन तथा निशुल्क चिकित्सकीय परामर्श अभियान पुनः सुरु गरेको छ ।

बैंकका अध्यक्ष राजिव झाका अनुसार अहिले सम्म ३ जना संक्रमित बैंकको अन्डरकेयरमा सेवा लिइरहेका छन् । बैंकले कोभिडको महामारीमा निशुल्क चिकित्सकीय परामर्श, संक्रमितलाई कोभिड–१९ किट र आवयश्क विरामीलाई निशुल्क अक्सिजनको समेत व्यवस्था गरेको र अव जारी कोभिड–१९ को यो दोस्रो लहरमा समेत यो सेवा सुचारु भएको छ ।