एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १३ : एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम धमाधम कार्यान्वयन हुन थालेको छ । प्रदेश २ सरकारले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा पाँच किलोमिटर सडक निर्माणका लागि प्रदेश २ सरकार बजेट बिनियोजन गरेपछि प्रदेश २ का सवै जिल्लाको प्रदेश निर्वाचन क्षेत्रहरुमा सडक निर्माण प्रारम्भ भएको छ ।
सोहि क्रममा धनुषा निर्वाचन क्षेत्र नं. ३ ‘ख’ का प्रदेश सांसद परमेश्वर साहले समेत आफनो क्षेत्रमा आज सो सडक निर्माणको शिलान्यास गरेका छन् । क्षेत्रको जनकपुरधाम वडा नं. १६ शहिदमार्ग जाने बाटो देखि दक्षिण कप्लेश्वर हुदै बुढियामाई मन्दिर बभनगामा देखि वडा नं. २५ कै होस्पिटल सम्मको सडक कालोपत्रे निर्माण कार्यको शिलान्यास भएको छ ।
प्रदेश २ सरकारले हरेक निर्वाचन क्षेत्रमा सो सडकका लागि १ करोड पाँच लाख रुपैया छुटयाएको छ । शिलान्यास कार्यक्रममा सांसद साहले भने, ‘गुणस्तरीय कामका लागि स्थानियवासी समेत सचेत रहनुपर्छ र काम गराउनु पर्छ ।’
साइट ईन्जिनियर रामदेव खडकाका अनुसार अगामि २५ असार सम्म काम सम्पन्न हुने गरि एक करोड पाँच लाखको सो काम ठेकेदारले मात्र ५२ लाखमा स्वीकार गरि शिलान्यास गरिएको बताए । कार्यक्रममा पुर्वाधार विकास कार्यालयका प्रमुख रविचन्द्र पजियार, वडा अध्यक्ष रामअशिष पजियार, जसपा नेता संजय चौधरी, प्रमोद यादव सहितको उपस्थिती थियो ।