एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश विकासमा प्राविधिकहरु चनाखो भएर लाग्नु पर्ने समय आएको बताएका छन् । बैशाख २४ गते हुने नेपाल ईन्जिनिर्यस एशोसिएशन (एनईए)को निर्वाचनमा वरिष्ठ ईन्जिनियर भगवान झाको समुह तयारी क्रममा जनकपुरधाममा गरेको छलफल तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री सोनलले भने, जनकपुरधाममा गरेको छलफल तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री सोनलले भने, ‘चुनाव जितेर आउनोस र प्रदेशको सुमचित विकासका लागि खाका सहित अगाडि बढनोस ।’
मन्त्री सोनल प्रदेश २ का इन्जिनियर युवाहरु जानको बाजी लगाएर देश निर्माणमा सैयौं वर्ष देखि सक्रिय रहेको बताउदै अव प्रदेशका लागि पनि केहि गर्नु पर्ने बेला आएको बताए । प्रदेश सांसद परमेश्वर साहले पनि दक्ष ईन्जिनियरहरु विदेश पलायन हुनु दुःखद रहेको बताउदै प्रदेशको विकासमा संवेदनशिल हुन आग्रह गरेका छन् । एनईएको निर्वाचनमा बृहत राष्ट्रिय प्रगतीशील गठबन्धन बनाइ झाको समुह चुनावी मैदानमा उत्रेका छन् ।