एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : नेपाल पत्रकार महासंघ प्रदेश २ कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण सम्पन्न भएको छ । प्रेस मञ्च नेपाल र प्रेस चौतारीको संयुक्त प्यानलवाट चुनाव लडेका जनकपुरधामका वरिष्ठ पत्रकार राजेश कर्ण प्रदेश २ अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचित अध्यक्ष कर्ण सहित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार महासंघ धनुषाको शभाहलमा निर्वाचन आयुक्त वरिष्ठ पत्रकार रामभरत साहले प्रमाणपत्र वितरण गर्नुका साथै पदभार ग्रहण गराएका छन् । प्रदेश २ समितिका निवर्तमान अध्यक्ष भएका दिपेन्द्र चौहानले आफनो स्थान नव निर्वाचित अध्यक्ष कर्णलाई हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका बिच निर्वाचन समितिमा सफलता पुर्वक कार्य सम्पादन गरेको भन्दै निर्वाचन आयुक्त रामभरत साह सहितका सवै सदस्यहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा प्रदेश २ का निवर्तमान महासचिव किरण कर्ण सहित प्रेस संगठनवाट धनुषा शाखामा पनि निर्वाचितहरु भने अनुपस्थित रहे ।