एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ५ : जनकपुरधाममा चैती छठ पर्व हर्षोल्लासका साथै मनाइदै छ । हिजो खरना विधी मनाइएको छठमा आज अस्ताउदो सुर्यलाई अर्घ दिएर सौझका अर्घ दिइएको छ । वेलुकी अस्ताउँदो सुर्यलाई पोखरी, नदी, ताल र जलाशयमा उभिएका ब्रतालु ठेकुवा, भुस्वा सहित छठ पर्वमा चढाइने फलफुल सहितको प्रसाद हातमा उठाएर पश्चिम तर्फ फर्केर प्रार्थना गर्नुका साथै सुर्य देवतालाई अर्घ दिइन्छ ।
सोमवार विहान उदाउँदो सुर्यलाई अर्घ दिइएपछि छठपर्वको विधिवत समापन हुनेछ । वर्षमा दुई पटक मनाइने छठ पर्वको चैती छठमा पनि विस्तारै भब्यता बढदै गइरहेको छ । आइतवार सौझकाअर्घको अवसरमा जनकपुरधामको गंगासागर, धनुषा सागर, अरगज्जा पोखरी, दशरथ तलाउ सहितका पोखरी र जलाशयहरुमा दर्शनालुहरुको भिडभाड देखियो ।
कोरोनालाई समेत बेवास्ता गरि श्रद्धालु तथा ब्रतालुहरु धुमधामका साथ छठ पर्व मनाएको देखियो । तस्वीरमा प्रस्तुत छ चैती छठको सौझका अर्घको अवसरमा आज वेलुकी जनकपुरधाममा देखिएका दृश्यहरु
तस्वीर : संजय/पुरन