एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : पर्साको बिरगंज स्थित सिता आयुर्वेद सेन्टर प्रा.ली.ले आफना बजार प्रतिनिधी तथा वितरकहरुका लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । जनकपुरधामको एक होटलमा आयोजित एक दिवसीय प्रशक्षिण तथा अभिमुखिकरण तालिमको जनकपुरधामका चर्चित स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. आर.एन. झाले समुदघाटन गरेका छन् ।

आयुर्वेद प्रा.ली.का करिव ४० जिल्लाका प्रतिनिधी, म्यानेजर, एमआर, कन्ट्री म्यानेजर तथा वितरकहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै डा. झाले आयुर्वेद र एलोपेथिक दुवै उपचार पद्वती संगसंगै आगाडि बढन थालेकाले आफुहरुलाई चिकित्सा क्षेत्रमा झनै सहज महशुस हुन थालेको बताए । उनले भने, ‘कतिपयलाई आयुर्वेद र कतिपयलाई एलोपेथिक उपचारले निको हुने गरेको भएपनि अन्तत ः जित चिकित्सा विज्ञानकै हुने न हो ।’

२०४६ सालमा पर्सा पोखरियाको गर्दौलमा स्थापित प्रा.ली. विगत ३० वर्ष देखि देशको विभिन्न ४० वटा जिल्लाहरुमा आफनो सेवा निरन्तर प्रवाह गर्दै आएको छ । प्रा.ली.का प्रबन्ध निर्देशक संजीव रायले आफु कार्यभार सम्हालेपछि २५ जनालाई रोजगार प्रदान गरेको र यो नयाँ आर्थिक वर्षमा सेवालाई देशको सवै जिल्लामा विस्तार गर्दै थप १० जनालाई रोजगार दिने तयारी रहेको बताए ।

प्रा.ली.का अध्यक्ष सत्रुधन प्रसाद चौरसियाका अनुसार गत २०७६ साल सम्म प्रा.ली.को वार्षिक शेयर करिव २ करोड थियो भने आजको दिन प्रा.लीको पुँजीगत लगानी करिव ६ करोड सम्म पुगेको छ । तालिममा सहभागिहरुलाई गुणस्तरीयता, गुणस्तरीय सेवा र पेशागत प्रगतीका विषयमा विभिन्न कला र शिपहरुको बारेमा जानकारी गराउने काम भइरहेको उनले बताए । कार्यक्रममा प्रा.ली.का कुशल वितरक प्रमोद ठाकुर, प्रा.ली.का उत्पादन हेर्ने हरेराम चौरसिया र विजय चौरसिया सहितको सहभागिता रहेको छ ।