एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : बिश्व प्रसिद्व हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधाम स्थित श्री जानकी मन्दिरको पौराणिक गरगहना र जेबारात गायव भएको भन्दै र्सावजानिक गर्नुपर्ने मांग उठेको छ । मन्दिरमा पुजा पाठ र भजन किर्तन गर्नुपर्नेमा मन्दिरका छोटे महन्थ कहलिने रामरोशन दास दिनरात विभिन्न क्षेत्रको राजनितिमा हस्तक्षेप गरि मन्दिरमा समेत राजनितिकरण गर्न खोजेको जस्ले मन्दिरका सम्पती माथी संकट उत्पन्न भएकाले सम्पतीको यर्थात विवरण सार्वजानिकीकरणको मांग हुन थालेको छ ।
जसपा नेपालका युवा नेता नविन यादवले तत्कालिन समयमा मन्दिर निर्माण हुँदा टिकमगढकी महारानीले मन्दिरमा चढाएको (दान दिएकी) अर्वौको हिरा, जेबारात, सुनचाँदी मन्दिरबाट गायव भएको भन्दै सवै विवरण सार्वजानिक गर्न मन्दिरका महन्थसंग मांग गरेका छन् । यादव भन्छन, ‘मन्दिरको उत्तरपट्टीको मुख्यद्वारमा रहेको शेरको आँखाको हिरा समेत गायब भएको छ तर महन्थ चुप छ ।’
मन्दिरमा रहेको पौराणिक गरगहना र जेबारात सहितको सम्पती विवरण सार्वजानिक नगरिए आमरण अन्सन बस्ने चेतावनी दिदै युवा नेता यादवले महन्थलाई एक महिनाको अल्टिमेटम दिएका हुन । उनले भने, ‘बैशाख मसान्त भित्र मांग सम्बोधन हुने गरि मन्दिरको सम्पती विवरण सार्वजानिक नभए कठोर कदम चाल्न बाध्य हुनेछौं ।’ चरम राजनितिकरण गरि महन्थ हुने कसरतमा रहेका छोटे महन्थ भनिने राम रोशन दासको क्रियाकलापले मन्दिर भित्र समेत राजनितिकरण हुन थालेको मन्दिर स्रोतको भनाई छ ।