एसपी रिपोर्टर
जनकपुरधाम, चैत २७ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ गंगासागर छेउ स्थित श्री नगर डिहवार स्थानको छत निर्माण कार्यको शिलान्यास गरिएको छ । प्रदेश सांसद परमेश्वर साहको धनुषा निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ संसदिय विकास कोषबाट कुल दश लाखको लागतमा निर्माण हुन लागेको डिहवार स्थानको छत निमार्ण कार्यको शिलान्यास भएको श्री जनक युवा क्लवका अध्यक्ष मनोज कुमार रायले बताएका छन् ।
रायका अनुसार जनकपुरधाम उपमहानगरवासी सवैको पुज्यनिय श्री डिहवार स्थानको छत निर्माणमा प्रदेश सांसद साहले सहजै सहयोगको लागि वातावरण निर्माण गरिदिएको बताए । प्रदेश सांसद साहले प्रदेश २ सरकार जनकपुरधामको डिहवार स्थानका साथै सम्पुर्ण धार्मिक धरोहरहरुको निर्माण, पुर्ननिर्माण तथा संरक्षण र सौन्दर्यकरणका लागि प्रतिवद्व रहेको बताएका छन् ।
कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुको साथै वडा अध्यक्ष सुदर्शन सिंह, जसपा नेता प्रमोद यादव, समाजसेवी प्रमोद चौधरी सहितको सहभागिता रहेको थियो ।