एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले जनकपुरधाममा बालबालिकाहरुको लागि हेल्पलाईन सेवा सञ्चालमा ल्याएकी छन् । मंगलवार एक विशेष समारोहका बिच समुदघाटन गरिएको हेल्पलाईन नं. १०९८ मा समस्यामा परेकी बालबालिकाहरुलाई उद्वार गर्न सम्पर्क गर्न सकिने छ ।
प्रदेश २ को जुनसुकै ठाँउबाट पनि सो सेवा लिन सकिने बताइएको छ । देशमै पहिलो पटक प्रदेश २ बाट सो सेवाको विस्तार गरिएको छ । मन्त्री महतोले भनिन, ‘हामी अव बारुण यन्त्र, प्रहरी र एम्बुलेन्शलाई फोन गरे झै हराएको, सडक, बेवारिसे, अलपत्र, विभिन्न भेदभाव, सजाय र दुवर््यवहारमा परेका बालबालिकाको उद्वारको लागि बाल हेल्पलाइन नं. १०९८ मा सम्पर्क गरेर मद्दत लिन सकिन्छ ।’
जनकपुरधामको मुजेलियामा धनुषाको हेल्पलाईन सेन्टर राखिएको छ । नेपाल सरकारसंग धेरै पहिला सम्झौता भएपनि यो सेवा बल्ला सञ्चालनमा आएको हो ।