एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : महोतरीमा घाँस काटन गएकी आठ जना युवतीहरु घर नफर्केको रहस्य खुलेको छ । महोतरी भंगहा नगरपालिकाको धरमपुर गाँउकी करिव आठजना युवतीहरु स्थानिय अजगेवा स्थित खेतमा धान काटन गएकी र घर नफर्किएको नगरपालिकाका मेयर संजिव साहले फेसबुकमा पोष्ट गरेका छन् ।
मेयर साहले घटनाको विषयमा प्रहरीलाई जानकारी गराइएको र प्रहरीले आवयश्क पहलकदमी लिइसकेको एसपी खवरलाई बताएको छ । उनका अनुसार आज दिउँसो घाँस काटन हिडेकी उनीहरु अवेर राती सम्म समेत घर नफर्किएपछि खोजविन सुरु गरिएको छ ।घटनाबारे स्थानिय प्रहरीसंग सम्पर्क गर्न खोज्दा फोन उठेन ।