FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ
  • 226
    Shares

एसपी रिपोर्टर
काठमाण्डौं, चैत १६ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए । अध्यक्ष ओलीले भने स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरेका छन् ।

उनले दुबै नेतालाई छुट्टाछुट्टै पत्र पठाएर भनेका छन्, ‘आपराधिक कृयाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरेका गलत तथा अपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यापद कार्य गरेको देखियो ।’

एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै अध्यक्ष ओलीले पार्टी विधानको धारा ४९(ख) बमोजित ६ महिनाका लागि निलम्बन गरेको बताएका छन् ।

यो सच्चिने अन्तिम मौका भएको भन्दै उनले आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने बताएका छन् । उनले अघि भनेका छन्, ‘सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

नेपालको यस्तो छ प्रतिक्रिया

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका छन् । पत्र नआएपनि आफूलाई कारबाही गरेको सञ्चारमाध्यमबाट सुनेको भन्दै नेता नेपालले भने, ‘केपी ओलीको यो निर्णय निरंकुश र अत्यन्तै तानाशाही प्रवृत्तिको द्योतक हो ।’

अध्यक्ष ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको र उनलाई विधि र विधानसँग कुनै मतलब नभएको नेता नेपालले बताए । उनले भने, ‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ । त्यसबाट नै उहाँको नियत छर्लङ्ग भएको छ ।’

ओलीको कदमको कुनै अर्थ नभएको नेता नेपालले बताए । उनले भने, ‘देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न म आह्वान गर्छु ।’

Tags: ओली–नेपाल आक्रोसित

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज
आर्थिक

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

1 day ago
जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी
एस.पी. खबर विशेष

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

2 days ago
व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै
आर्थिक

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

2 days ago
श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु
एस.पी. खबर विशेष

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

3 days ago
जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने
एस.पी. खबर विशेष

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

2 weeks ago
घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास
एस.पी. खबर विशेष

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

2 weeks ago
रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन
एस.पी. खबर विशेष

रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन

2 weeks ago
डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश
एस.पी. खबर विशेष

डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश

2 weeks ago
तराई मधेशमा आज होली धुमधामका साथ मनाइदै
एस.पी. खबर विशेष

तराई मधेशमा आज होली धुमधामका साथ मनाइदै

2 weeks ago
एमालेको नेतृत्वमै विकासले निरन्तरता पाउने छ : महासेठ
प्रदेश २

एमालेको नेतृत्वमै विकासले निरन्तरता पाउने छ : महासेठ

2 weeks ago

ताजा समाचार

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy