एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : रंग अविरको उत्सविय पर्व होली आज तराई मधेशमा धुमधामका साथ मनाइदै छ । आइतवार उपत्यका सहित पहाडी जिल्लामा मनाइएको होली आज तराई, मधेश र मिथिलामा मनाइदै छ । एक अर्कालाई रंग अविर लगाएर अँगालो हान्दै होलीको शुभकामना दिने र एक अर्काको घरमा गएर संगै खाने परम्पराको होलीले समाजमा सदाचार, सदभाव र भाईचाराको काम गरिरहेको छ ।

पुनः कोरोना आइरहेको खवरले केहि त्रास रहेको अवस्थामा होलीमा सामुहिक भब्यता कम देखिन्छ तर कोरोजाको प्रभावले भब्यता कम भएको भने होइन । तराई मधेश र खास गरि मिथिलामा परिक्रमा सम्पन्न भएको भोली पल्ट होली मनाइन्छ ।

यद्यपि पहिलोको तुलनामा रंग भन्दा अव अविरले होली मनाउन थालिएको छ । होलीको अवसरमा प्रदेश २ सरकारले आज सार्वजानिक विदाको घोषणा गरेको छ भने प्रदेश प्रमुख डा. राजेश अहिराज, मुख्यमन्त्री लालबाबु राउत सहितकाले होलीको अवसरमा प्रदेश र देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !